महोत्तरी : वडाध्यक्षका छोराको मृत्युपछि कोरोना संक्रमण पुष्टि


टुडेखोज/ जनकपुरधाम : महोत्तरीका एक वडाध्यक्षको छोराको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । भंगहा नगरपालिका १ का वडाध्यक्ष नवलकिशोर कापरका ३० वर्षीय छोरा उमेश कापरको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

नियमित ज्वरो र रघाखोकी लागेपछि उनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको शनिवार विहान मृत्यु भयो । तर कोरोना रिपोर्ट मृत्युपछि आएको कोभिड–१९ धनुषाका संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

मृतक उमेश वडाध्यक्षको एकलो छोरा थिए । उनको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

यस्तै पीपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको आज विहान प्रादेशिक अस्पतालमा मृत्यू भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १५:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ