सद्भावना पार्टीको कार्यवाहक अध्यक्षको कार्यभार सम्हाले महतो


किसन साह/ जनकपुरधाम : नेपाल सद्भावना पार्टीको कार्यवाहक अध्यक्षमा चयन भएका राम कुमार महतोले आजदेखि कार्यभार सम्हालेका छन् ।

०७७ असार १६ मा बसेको उक्त पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुसार कार्यवाहक अध्यक्षमा महतोलाई चयन गरिएको थियो । तर आज जनकपुरमा एक समारोहबीच महतोलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टीको विधान २०७५ को धारा २४ को उपधारा १ (ग) बमोजिम महाधिवेशन बोलाउन र उपदफा (ज) बाहेकका सम्पूर्ण अध्यक्षको अधिकार र कर्तव्य कार्यवाहक अध्यष महतोलाई प्रत्यायोजित गरि सुम्पिएको राष्ट्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंहले विज्ञप्ती मार्फत जानकारी दिएका हुन् ।

यस्तै पार्टीको सम्पादन समितिको बैठकले कोभिड १९ को महाविपतीबाट मुक्त भई नसकेको अवस्थामा संघीय सरकार, प्रदेश सरकार लगायत स्थानीय सरकारको कुनै ठोस कार्ययोजना नरहेको र भ्रष्टाचार तथा कालोबजारी एवं कमिशनखोरीलाई बढावा दिएको ठहर गरेको छ ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ