पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १२ जनाको ज्यान गयो


काठमाडौं : नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमित पुरुष छन् ।

मृतकहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एकएक जना महिला छन् । उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एकएक जना पुरुष छन् ।

२४ घण्टाको अवधिमा कोरोना संक्रमित मृतकको यो संख्या हालसम्मकै उच्च हो । यसअघि भदौ ५ गते र भदौ १० गते ११/११ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ