महोत्तरीका कोरोना संक्रमितको मृत्यूपछि छोरा गायब, प्रशासनले एम्बुलेन्समा पठायो शव


जनकपुरधाम : कोरोना संक्रमित पुरुषको शव ४ दिनपछि मात्रै उठाइएको छ । महोत्तरीका ६१ वर्षीय संक्रमित पुरुषको शव विराटनगरको न्युरो अस्पतालबाट ४ दिनपछि उठाइएको हो । उनको गत मंगलबार राती ११ बजे मृत्यु भएको थियो ।

परिवारका सदस्य र आफन्त सम्पर्कमा नआएपछि तथा महोत्तरी प्रशासनले बेवास्ता गर्दा उठ्न नसकेको शव अस्पतालमै अलपत्र परेको थियो । अस्पतालका अनुसार महोत्तरी प्रशासनले ध्यान नदिँदा शव उठ्न नसकेको हो ।

मृतकको उपचारमा कुरुवाको रुपमा छोरा रहेका थिए । तर मृत्युपछि छोरा पनि सम्पर्कविहीन बनेको अस्पतालको भनाइ छ । त्यसपछि मृतक पुरुषको शव अस्पतालले शव गृहमा लगेर राखेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको पहलमा शव एम्बुलेन्समा राखेर शनिबार महोत्तरी पठाइएको छ । आफन्तलाई निकै खोजी गरिए पनि चासो नदिएपछि मोरङ प्रशासनले नै शवलाई महोत्तरी पठाइदिएको हो ।

मृतक पुरुषमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ