प्रदेश २ मा शनिवार थपिए १६५ कोरोना संक्रमित (हेर्नुस् पुरा विवरण)


टुडेखोज डेस्क/ जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २० जना महिलासहित १६५ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा संक्रमितको संख्या अब ९ हजार ७९५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबका अनुसार सबभन्दा बढी धनुषामा ४९ संक्रमित थपिएका छन् । यस्तै सर्लाहीमा ४५ जना, पर्सामा ३४ जना, महोत्तरीमा २७ जना, बारामा ९ जना, र रौतहटमा १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ मा पछिल्लो २४ घण्टामा सात जनाको कोरोनाले ज्यान लिएको छ । महोत्तरीका २ जना, सिरहाका २ जना र पर्साका ३ जना कोरोना संक्रमितको ज्यान गएको हो ।

हेर्नुस् पुरा विवरण :

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ