प्रदेश २ : कोरोनाले ज्यान गुमाउनेको संख्या ८४ पुग्यो, एकैदिन ७ को ज्यान गयो


टुडेखोज डेस्क/ जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै सात जना कोरोना संक्रमित मृत्यू भएको हो ।

महोत्तरीको भंगहा नगरपालिका १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका ७ का ७० वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सिरहाको सुखीपुर नगरपालिका ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका १८ का ४५ वर्षीय पुरुषको मृत्यू भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका १२ का ४८ वर्षीय पुरुष, मनियारी २२ का ३७ वर्षीय पुरुष र वीरगन्ज १२ कै ६५ वर्षीय महिलाको पनि पछिल्लो २४ घण्टामै ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ