स्रोत नखुलेको ९० हजार भारतीय रुपैयाँसहित साह प्रहरी फन्दामा


टुडेखोज/ वीरगञ्ज : स्रोत नखुलेको रुपैयाँसहित एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका १७ बाट भारत विहार राज्यको बेतिया घर भएका ३५ वर्षीय उमेश साह पक्राउ परेका हुन् ।

कोरोना भाइरसका कारण सिमा नाका सिल गरिएपनि भारतबाट बीरगन्ज आउने क्रममा चेकजाँच गर्दा साहको साथबाट ९० हजार बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वीरगन्ज महानगर १७ अलौंबाट उनलाई सिमा प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी विओपी अलौँका सशत्र प्रहरी टोलीको संयुक्त टोलिले पक्राउ गरेको बताइएको छ ।

साहले चलाएको ना ५६ प ६८७८ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि कारबाही अगाडी बढाएको छ । साह हुण्डी कारोबारी रहेको प्रहरीको दावी छ ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ