बाँदरलाई हानेको गोली लागेर १२ वर्षीय बालकको ज्यान गयो


खोटाङ : बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको ज्यान गएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो । सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमा (आमाको बहिनी)को घरमा बस्दै आएका थिए ।

बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ