मोहरम पर्व घरमै मनाउन मुस्लिम धर्मावलम्बीसँग प्रशासनको आग्रह


सर्लाही : मुस्लिम समुदायलाई मोहरम पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ ।

कार्यालयले सूचना निकालेर कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा प्रबन्धसहित परिवारका सदस्य र नजिकका नातेदार मात्रै भेला भएर घरमै पर्व मनाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनाको पालना गरिदिन मुस्लिम धर्मावलम्बीहरुसँग आग्रह गरिएको छ ।

मुस्लिम समुदायको मोहरम पर्व आज परेको बागमती नगरपालिका–१० का वडाध्यक्ष शेख जुबेरले जानकारी दिए । यो पर्वमा दाहा बनाउनाले मनको इच्छा पूरा हुने भएकाले भाकल गर्ने जुबेरले बताए। भाकल गर्नेले दाहा बनाउने गर्दछ ।

मुस्लिम समुदायका बासिन्दाहरु एकठाउँमा जम्मा भई तरबार, लाठी, फराठा, भालालगायतका हतियारसहित कला कौशल प्रदर्शन गर्ने, मेला लगाउने प्रचलन गर्दछन् । यसवर्ष त्यस्ताखाले मेला नलगाई सामान्य ढंगले पर्व मनाइने वडाध्यक्ष जुबेरले बताए ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ