सिरहाको भगवानपुरमा दुई पक्षबीच झडप, १८ जना घाइते, केहि गम्भिर


जयनाथ यादव/ लहान : सिरहाको भगवानपुर गाउँपालिका २ लरहामा  शनिवार भएको दुई पक्षीय झडपमा १८ जना घाइते भएका छन् ।

घाईते हुनेहरुमा जसपाका बच्चा यादव, सन्जिव यादव, छविलाल यादव, श्याम  सुन्दर यादव लगायतका छन् । घाइतेमध्ये श्याम सुन्दर यादव, जसीलाल यादव, देवचन्द्र यादवलगायतका ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेको उपचार लहानमा नहुदा विराटनगर लगिएको छ ।

यस्तै नेकपाका जोगी यादव, कुन्देव यादव, किशोर यादव, प्रदिप यादव, शिव कुमार यादव, मिथलेश यादव, दिपक यादव, सुरज यादव, विरेन यादव छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई पनि विराटनगर लगिएको छ ।

विवाद के विषमा भएको कुरा खुल्न सकेका छैन् । यद्दपी एक पक्षले छहारीमा बस्ने विषयमा झडप भ एको बताएका छन् भने अर्को पक्षले खेतमा लगाएको ‘ओल’ तरकारी तहसनहस पारेपछि विवाद चर्किदा झडप भएको बताएका छन् ।

स्थानीय प्रदिप यादवले घरको झ्यालबाट कागजसहितको फोहोर फालेको विषयलाई लिएर झडप भएको बताएका छन् ।

झडप नियन्त्रण लिन गएका केहि प्रहरीलाई समेत चोटपटक लागेको बताइएको छ । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ