राजविराजमा डाक्टरको लापरवाहीले सुत्केरी महिलाको ज्यान गयो


सप्तरी : राजविराजको एक नीजि अस्पताल र चिकित्सकको  लापरबाहीका कारण सुत्केरी गराउन आएकी एक महिलाको ज्यान गएको छ ।

सुत्केरी व्यथा लागेर  मध्यरातमा राजविराजस्थित अनार भूपेन्द्रनाथ अस्पताल भर्ना गरिएको विष्णुपुर गाउँपालिका १ कि २२ वर्षीया रूक्साना खातुनको ज्यान गएको हो । अस्पतालकै संचालक समेत रहेकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. दिपा यादवको लापरबाहीको कारण बुहारीको मृत्यु भएको रूक्सानाकी सासू जैतुन खातुनले आरोप लगाएकी छन् ।

विष्णुपुर गाउँपालिका १ का अध्यक्ष इब्राहिम मन्सुरीका अनुसार विरामीको अप्रेशन गर्नुपूर्व  न त रगतको जोहो गर्नुपर्छ भनेर डाक्टरले भनियो, न त रेफर गर्नुपर्छ भन्ने जानकारी गराईयो । एकाएक बिना कुनै  पूर्व तयारी  अप्रेशन गर्यो र अत्यधिक रक्तस्राव भएका कारण महिलाको मृत्यू भयो ।

डेढ बर्षअघि विवाह भएकी रूकुसानाको श्रीमान् अनिष मन्सुरी वैदेशिक रोजगारमा गएका छन् । यता रूक्सानाको सुत्केरी गराउने दायित्व परिवारको रहॅदै आएको थियो तर अस्पतालको अव्यवस्थित उपचारको कारण  बुहारीलाई बचाउन नसकिएको परिवारजनले दु:खेसो पोख्छन् ।

अध्यक्ष मन्सुरीले भन्छन्- डाक्टरको लापरबाहीले महिलाको ज्यान गएको यो पहिलो घटना भने पहिलो होइन । केहीदिन अघि यसै वडाका एक  महिलाको मृत्यु भएकोले ठूलो आन्दोलनै भएको थियो र उपचारमा संलग्न डाक्टर नै दोषी देखिएको थियो ।

लापरवाही गर्ने डाक्टर र अस्पताललाई कारवाही गर्न पीडित परिवारले स्थानीय प्रशासनसंग माग गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार ११:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ