अस्पतालमा उपचाररत कोरोना संक्रमित आमा–छोराको एकैपटक ज्यान गयो


सुनसरी : कोरोना भाइरस लागेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत आमा–छोराको ज्यान गएको छ ।

धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान ज्यान गएको हो । चिकित्सकका अनुसार आमाछोरा नै मधुमेह र उच्च रक्तचापले ग्रसित थिए ।

उपचारका लागि शनिबार प्रतिष्ठानमा आमा–छोरा भर्ना भएका थिए । दुबै जनामा आईतवार कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय कोरोनाका कारण हरेक २ घण्टामा एक जनाको ज्यान जाने गरेको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ