सिरहाको गोलबजारमा १६ र धनगढीमा २ कोरोना संक्रमित थपिए (पुरा विवरण)


जनकपुरधाम : सिरहामा आईतवार १८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये गोलबजार नगरपालिकाका १६ जना र धनगढीमाई नगरपालिकाका २ जना रहेका छन् ।

गोलबजार स्वास्थ्य चौकीका इन्चार्ज निरञ्जन शाक्यका अनुसार भदौं १ गते गोलबजारका ६ जनामा कोरोना पुष्टि भएको थियो । ति संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी १११ जनाको स्याब संकलन गरी प्रयोगशालामा पठाउँदा आज १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

गोलबजार नगरपालिका वडा नम्बर ६ का ५ जना, वडा नम्बर ८ का १ जना, वडा नम्बर ७ को ६ जना, वडा नम्बर ११ को १ जना, र वडा नम्बर २ का पनि एक जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

संक्रमितमध्ये दुई जना महिला स्वयंमसेविका समेत रहेकी छन् । यसअघि पनि एक स्वंयमसेवकीमा संक्रमण पुष्टि भएको थियो । महिला स्वयंमसेविका बढी मानिससँग सम्पर्कमा रहेकाले संक्रमित भएको बताइएको छ ।

यस्तै धनगढीमाई नगरपालिका वडा नम्बर ३ का एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकी इन्चार्ज शाक्यका अनुसार उनी दुबैजना श्रीमान–श्रीमती हुन् ।

सिरहामा पछिल्लो पटक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । यहाँ समुदायमा कोरोना फैलिसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि अधिकांश स्थानीय तहले लकडाउन गरेको छ । यद्दपी संक्रमितको संख्या बढ्दै गएको छ ।

– पत्रकार रामभरोसी यादबको सहयोगमा

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १४:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ