मधेसका मुस्लिम समुदायले यसरी मनाए मोहरम (दाहा) पर्व, हेर्नुस् भिडियो


टुडेखोज/ जनकपुरधाम : इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व आईतवार मधेसका मुस्लिमले मनाएका छन् ।

तीन दिनअघिदेखि मोहरमको चहलपहल सुरु हुन्छ । तर यसबर्ष कोरोना भाइरसको संक्रमणका कारण पहिलेदेखि खासै चहलपहल देखिएन । यद्दपी आज सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा मुस्लिमले मोहरम (दाहा) पर्व मनाएका हुन् । मुस्लिमले एकआपसमा लाठी, भाला तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाउँछन् । यसवर्ष भने भिडभाड नगरी झर्नी खेलेर पर्व मनाइएको छ ।

इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशलसहितको झर्नी खेल्छन् । दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्छन् ।

इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मोहरम पर्व मनाइन्छ । यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको मुस्लिम अगुवाहरु बताउँछन् ।

मुस्लिमले मनाइने मोहरम पर्वमा हिन्दुहरु समेत सहभागी हुन्छन् । मोहरम पर्व मनाउन गाउँगाउँमा आकर्षक ‘दाहा’ समेत बनाइन्छ, जहाँ मेला लाग्ने गर्छ । तर कोरोनाका कारण मेला प्रभावित बनेको छ । यद्दपी केहि स्थानमा मेला लागेको जानकारी प्राप्त भएको छ ।

भिडियो हेर्नुस् :

https://www.youtube.com/watch?v=5GDJxVhFgwc
प्रकाशित : २०७७ भाद्र १४, आईतवार १५:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ