धनुषा जिल्लाभर थप सातदिन निषेधाज्ञा जारी राख्ने निर्णय, के के खुल्छ ? हेर्नुस्


जनकपुरधाम : धनुषा जिल्लाभर जारी निषेधाज्ञाको समय सात दिन फेरी बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्ण अनुसार आज राति १२ बजेदेखि भदौं २१ गते राति १२ बजेसम्म धनुषा जिल्लाभरी लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

उनले जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण निषेधाज्ञाको समय बढाइएको बताए । उनका अनुसार निषेधाज्ञाको अवज्ञा गर्ने कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिनेछ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, शव वाहन, खाद्यसामग्री बाहक सवारी सधान, औषधी बोकेको सवारी साधन, पानी, दुध, पेट्रोल, ट्यांकर, फलफुल तथा तरकारी बोकेको सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पाङ्ग्रे र चारपाङ्ग्रे, झण्डावाहक सवारी साधन, कुटनीतिक निकायको सवारी साधन र जिल्ला प्रशासन कार्यालयाट अनुमती प्राप्त गाडीहरु संचालनमा रहनेछ । यस्तै सार्वजनिक यातायात तथा इलेक्ट्रीक रिक्सा समेत चलाउन नपाउने प्रशासनले जनाएको छ ।

खाद्यान्न सम्बन्धी पसल, फलफुल, तरकारी, दुध र डेरी पसलहरु विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म संचालन गर्न पाउने बताइएको छ । यस्तै सुरक्षा र स्वास्थ्य मापवदण्ड पालना गर्ने उधोग कलकारखाना संचालन गर्न पाइनेछ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ