मृतक रामका परिवारलाई ५ लाख क्षतिपुर्ती, दोषीलाई कारबाही हुन्छ : मन्त्री यादब


जनकपुरधाम : प्रहरीको यातनाबाट मृत्यू भएका रौतहटका विजय राम ‘महरा’का परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैया क्षतिपुर्ती दिने भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबले आईतवार सूचना जारी गरेर मृतक रामका परिवारलाई ५ लाख प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने जानकारी दिएका हुन् । रामको भदौं ११ गते नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा भएको थियो ।

मन्त्री यादबले दोषीमाथि कानून बमोजिम कारबाही हुने भन्दै उनको मृत्यूप्रति गहिरो सम्वेदना व्यक्त गरेका छन् ।

यता, एक युवकको हत्यामा संलग्न रहेको भन्दै रामसहित ७ जनालाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमै अपराध स्वीकार्न रामलाई करेन्ट लगाएको र प्लाष्टिकको पाइपले निर्घात कुटपिट गर्दा राम गम्भिर घाइते भएपछि अस्पताल भर्ना गरियो । तर अस्पतालमै उनले दम तोडे ।

घटनापछि दलित समुदाय आन्दोलित बनेका छन् । यातना दिने प्रहरीमाथि कडा कारबाही गर्न दलितहरु पटक पटक प्रदर्शन गरेका छन् । त्यहाँका इन्चार्ज रहेका डिएसपी ज्ञानकुमार महतोलाई प्रदेशमा तानेर घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ