कोरोनाले बनायो रेकर्ड : एकैदिन १४ को मृत्यू, १२ सय २१ संक्रमित थपिए


काठमाडौं : नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने संक्रमितमा ४ महिला र १० पुरुष गरी १४ जना छन् । २४ घण्टाको अवधिमा मृत्यु हुनेको यो संख्या हालसम्मकै बढी हो ।

१२ सय २१ संक्रमित थपिए

आइतबार देशभर कोरोनाका १२ सय २१ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए । २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् ।

हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ