Exclusive- धनुषामा एक पुरुषको अपहरण भएको २२ दिन वित्यो, प्रहरी अनभिज्ञ


टुडेखोज डेस्क/ जनकपुरधाम : धनुषामा एक पुरुषको अपहरण भएको घटना सार्वजनिक भएको छ । धनुषाको शहिदनगर नगरपालिका ७ का अन्दाजी ५० वर्षीय हबिब साफी अज्ञात समूहको अपहरणमा परेका हुन् ।

अहपरित साफी राज मिस्त्री हुन् । उनका तीन छोरा खाडी मुलुकमा छन् । बुहारी माइत गएपछि घरबाट साफीलाई अपहरणकारीले लगेको स्रोतले जनाएको छ । स्थानीयका अनुसार घटनापछि एक दिन प्रहरी आए, त्यसपछि आएकै छैन ।

साफीलाई अपहरण गर्नेहरु फिरौती समेत मागेका छन् । साफीकै मोवाइलबाट फोन गरेर फिरौती माग्ने गरेको उनका एक आफन्तले टुडेखोजलाई जानकारी दिए । एक आफ्न्तले भने, ‘फिरौती माग्छन् । तर कहाँ हो भनेर सोध्दा बताउँदैन ।’

अपहरण भएको २२ दिन वितिसक्दा पनि प्रहरी अनभिज्ञ छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले अपहरण भएको सूचना प्राप्त नभएको बताए ।

धनुषाको शहिदनगरबाट कसैको अपहरण भएको हो भन्ने जिज्ञासमा उनले उल्टै प्रश्न गरे, ‘कहिलेको कुरा हो ।’ ‘२२÷२३ दिन भयो सर’ उत्तर फर्काएपछि डिएसपी मिश्रले थपे, ‘छैन । छैन । अपहरणको म्यासेज आएको छैन ।’

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ