गोलबजार : एक घर एक PCR टेस्ट गरिने, ५० शैय्याको आइसोलेसन स्थापना गर्ने


जयनाथ यादब / लहान : सिरहाको गोलबजार नगरपालिकाले एक घर, एक पिसिआर (PCR) टेस्ट गर्ने निर्णय गरेको छ । आईतवार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै नगरपालिकामा ५० शैय्याको आइसोलेसन स्थापना गर्ने निर्णय पनि गरिएको नगर प्रमुख देवनाथ साहले विज्ञप्ती निकालेर जानकारी दिएका हुन् । हाल समुदाय स्तरमा व्यापक रुपमा कोरोना देखापरेको अवस्थालाई गम्भिरतापूर्वक लिँदै यस परिस्थितिको नियन्त्रणका लागि एक घर एक पिसिआर टेस्ट र ५० शैय्याको आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

आईतवार मात्रै गोलबजारका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शनिवार समेत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भदौं ६ गते ६ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्दा संक्रमितहरु फेला पर्न थालेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार २०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ