सिरहा र सप्तरीका सरोकारवालासँग मुख्यमन्त्रीले भने- स्वास्थ्य सामग्री र रकमको अभाव हुन दिदैनौं


टुडेखोज/ लहान : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले जिल्लाहरुमा उपलब्ध गराएको स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।

महामारी नियन्त्रणको लागि आवश्यक सल्लाह सुझाव लिन सिरहाको लहानमा आयोजित सिरहा र सप्तरीका सरोकारबालाहरुसंगको छलफलमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्री सहितका आवश्यक रकम समेत पठाई सकेको छ, अगामी दिनमा समेत कुनै कमी हुन दिने छैन ।’

उनले विगतमा पठाइएको रकमहरु जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेका कारण समस्याहरुको देखिएको हुँदा अगामी दिनमा त्यसो नगर्न आग्रह समेत गरे । सबै जिल्लामा पिसिआर ल्याब सहितको अन्य सुविधाहरु एक महिनाभित्रै परिपूर्ति हुने आश्वासन समेत दिए ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना महामारी नियन्त्रणको लागि परिक्षण र उपचारका साथै जनचेतना फैलाउनु समेत आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘यो महामारीको निदान उपचारले मात्र सम्भव छैन , सबै नागरिकलाई सचेत हुनु आवश्यक छ । त्यसका लागि जनचेतना फैलाउनु पर्दछ ।’

कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा. सृुरेन्द्र यादवले कोरोना महामारीको उपचारलाई अनावश्यक जटिल बनाउन खोजिएको भन्दै चिकित्सक एवं स्वास्थ्य कर्मीहरुलाई अन्तराष्ट्रिय अभ्यास लाई दृष्टिगत गर्दै अघि बढन सुझाव दिए ।

कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सशस्त्र प्रहरी एवं अनुसन्धानका डिआइजीहरु, नेपाल प्रहरी एवं नेपाली सेना प्रदेश कार्यालयका प्रतिनिधिहरु, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरु एवं स्थानीय तहका प्रमुखहरुको सहभागिता रहेको थियो ।

महामारी नियन्त्रणका लागि पर्सा, बारा, रौतहट र सर्लाहीका सरोकारबलाहरु संग यस अघि नै सुझाव लिई सकिएको छ भने धनुषा र महोत्तरीका सरोकारबालाहरु संग मंगलवार सुझाव लिने कार्यक्रम रहेको छ ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार २१:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ