कोरोनाका कारण भारतमा प्रदेश २ का एक पुरुषको ज्यान गयो, छोरा आइसोलेसनमा


टुडेखोज/ जनकपुरधाम : कोरोना भाइरसको संक्रमणले भारतमा प्रदेश २ का एक पुरुषको ज्यान गएको छ ।

भारतको मेघालय गएका सर्लाहीको बरहथवा नगरपालिका १५, पिप्रा भित्ता घर भएका ६३ वर्षीय पुरुषको ज्यान गएको हो । शनिबार उनको उपचारको क्रममा ज्यान गएको वडाध्यक्ष रामचन्द्र चौधरीले पुष्टि गरेका छन् ।

वडाध्यक्ष चौधरीका अनुसार ब्लड क्यान्सर भएका उनलाई उपचारका लागि छोराले भारतको पटना लगेको थियो । पटनामा बाबु–छोराले कोरोना परीक्षण गराएका थिए । छोराको रिपोर्ट भने पोजेटिभ आएको थियो ।

पटनामा उपचार सम्भव नभएपछि मेघालयमा रहेका छोरी ज्वाँइले बोलाएपछि बाबु–छोरा गाडी रिजर्भ गरेर पुग्यो । मेघालयमा कोरोना परीक्षण गराउदा बुबाको रिपोर्ट पनि पोजेटिभ आयो । त्यसपछि स्थानीय अस्पतालमा भर्ना गएका बाबुको मृत्यू भएको वडाध्यक्ष चौधरीले बताए ।

मृतकको शव भारतमै व्यवस्थापन गर्ने बताइएको छ । कोरोना संक्रमित छोराको भने मेघालयमै आइसोलेसनमा उपचार भइरहेको छ । मृतक पुरुष पुर्व प्रधानाध्यापक रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ