धनुषा : खाना खाइरहेकै बेला मुसहरमाथि वडाध्यक्षले बर्साए लात्ती र मुक्का


टुडेखोज/ जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा एक वडाध्यक्षले मुसहर समुदायमाथि दमन गर्न थालेका छन् । सुकुम्बासी मुसहर परिवारका ३ जनालाई वडा नम्बर ७ का अध्यक्ष तपेश्वर यादबले कुटपिट गरेका हुन् ।

वडाध्यक्षको कुटपिटबाट स्थानीय १८ वर्षीय चन्दन सदा, उनकै आमा ३५ वर्षीया सन्दा सदा र अन्दाजी ४५ वर्षीय मोतीलाल सहनी घाईते भएका छन् । पीडित मोतीलाल भन्छन्, ‘खाना खाइरहेकै बेला वडाध्यक्ष र उनीसँगै रहेका अन्य ३÷४ जना अचानक लात्ती र मुक्का बर्साउन थाल्यो ।’

घटना शनिवार राति करिब ११ बजेको हो । मुसहरहरुले सडककै छेउमा घर बनाएका छन् । कसैसँग आफ्नो जग्गा छैन । सानो झुपडी रहेका कारण उनीहरु सडकमै सधैं खाना खाने गर्छन् ।

घाईते भएका चन्दन भन्छन्, ‘शनिवार राति पनि हामी सडक छेउमै खाना खाइरहेको थिए । वडाध्यक्ष आएर अचानक गाली गर्न थाल्यो । ‘तिम्रो बाउको रोड हो ? भन्दै कुटपिट गर्यो । उनले विना कारण कुटपिट गर्ने वडाध्यक्ष र उनीसँग रहेका व्यक्तिको पहिचान गरी कारबाही गर्न प्रशासनसँग माग समेत गरे ।

यता, घटनाबारे वडाध्यक्ष यादबसँग बुझ्न फोन गर्दा सम्पर्क हुन सकेन ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार ११:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ