जनकपुरमा माँ दुर्गा पुजाको विधी सुरु, यसरी गरियो ‘बाँसकट्टी’


टुडेखोज / जनकपुरधाम : जनकपुरको रामानन्द चोकमा माँ दुर्गा पूजाको विधिवत तयारी सुरु भएको छ । यहाँ हरेक वर्ष श्री रामानन्द युवा क्लवको आयोजनामा दुर्गा मेला लाग्छ ।

आज विधीपुर्वक पुरोहित र क्लवका वर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा ‘बाँसकट्टी’ गरिएको छ । उक्त बाँस रामानन्द चौकमा बनाईने माँ दुर्गाको भब्य पण्डाल नजिकै स्थापना गरी पूजापाठ सुरु गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मेला लाग्ने सम्भावना छैन । साथै मलेमास समेत पर्ने भएकाले मेला तथा उत्सवबारे छलफल नभएको बताइएको छ । मेला र उत्सवबारे छलफल गरी आवश्यक निर्णय लिने क्लवका अध्यष मनमोहन साहले जानकारी दिए ।

मलेमासका कारण यसवर्ष अगामी कार्तिक १ गते विजया दशमीको घटस्थापना परेको छ । कोरोना भाइरसका कारण यसवर्ष दशैं समेत खल्लो हुने सम्भावना छ ।

तस्विरहरु : किसन साह

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १५:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ