पोखरीमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर ज्यान गयो


टुडेखोज/ चितवन : पोखरीमा चोर्न पुगेका दुई युवकको करेन्ट लागेर ज्यान गएको छ । भरतपुर ८ सल्यानी टोलस्थित पोखरीमा माछा चोर्न गएका दुई युवकको करेन्ट लागेर ज्यान गएको हो ।

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पोखरीमा माछा चोर्ने क्रममा करेन्ट लाग्दा स्थानीय नवराज दराई र वीरबहादुर रानामगरको ज्यान गएको छ । मृतक दुवै जनाको साथबाट माछा मार्न प्रयोग हुने जाली भेटिएको छ ।

‘मृतकको हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको छ । साथै जाली समेत भेटिएकाले उनी दुबै जना चोरेर माछा मार्न गएको अनुमान छ ।’ मृतक दुवै जना करिब ३५ वर्ष उमेरका छन् ।

उक्त पोखरीमा चुडामणी शर्मासहितका चार जनाले माछा पालन गर्दै आएका छन् । माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएका थिए ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ