कोरोना कहर : सिरहा र महोत्तरीमा निषेधाज्ञाको समय थपियो (सूचनासहित)


जनकपुरधाम : कोरोना संक्रमण बढ्दै गएपछि सिरहा र महोत्तरीमा जारी निषेधाज्ञाो समय पुनः थपिएको छ । महोत्तरीमा ७ दिन र सिरहामा १२ दिन निषेधाज्ञाको समय थपेको हो ।

सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि विहान ९ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । निषेधाज्ञाको अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट नगर्न भनिएको छ । यस्तै आआफ्नो धार्मिक पर्वहरु घरभित्रै गर्न भनिएको छ ।

महोत्तरी जिल्लाभर आज राति १२ बजेदेखि सम्पन्न हुन लागेको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजे सम्मको लागि बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ