प्रदेश २ मा सोमवार १९६ कोरोना संक्रमित थपिए (हेर्नुस् पुरा डिटेल)


टुडेखोज डेस्क/ जनकपुरधाम : प्रदेश २ मा सोमवार १९६ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा संक्रमितको संख्या १० हजार २१८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २२ घण्टामा ४४ महिला र १५२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार सबभन्दा बढी सर्लाहीमा १ सय जना संक्रमित थपिएका छन् ।

यस्तै धनुषामा २९ जना, महोत्तरीमा ७ जना, बारामा २३ जना, पर्सामा ३४ जना, सप्तरीमा १ जना र रौतहटमा २ जना संक्रमित थपिएका छन् । सिरहामा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना पुष्टि भएन ।

हेर्नुस् कुन जिल्लाका कहाँ कति संक्रमित थपिए :

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ