कोरोना संक्रमणबाट महोत्तरीकी ४ वर्षीया बालिकाको ज्यान गयो


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा एक ४ वर्षीया बालिकाको ज्यान गएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिकाकी ४ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि  धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । गत उनको उपचारकै क्रममा ज्यान गएको छ । गत साउन २३ मा उनको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार २१:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ