सिरहाका एक कोरोना संक्रमित पुरुषको धरानमा ज्यान गयो


जनकपुरधाम : सिरहाका थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको हो ।

मृतक पुरुष सिरहाको मिर्चैया नगरपालिका ६ का रहेको बताइएको छ । उनको उपचारकै क्रममा सोमबार राति करिब साढे ९ बजे ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार ति पुरुष भदौं १० मा उपचारका लागि भर्ना भएका थिए ।

यसअघि उनी विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि धरान पुगेपनि अन्तत ज्यान गुमाउनु परेको छ । उनी उच्च रक्तचाप र मधुमेहका विरामी समेत थिए ।

भदौं ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार ०८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ