प्रदेश २ : प्रहरी हिरासतमा रहेका यादब शौचालयको झ्यालबाटै फरार


टुडेखोज/ रौतहट : प्रहरीको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । गौरस्थित प्रहरी हिरासतमा रहेका गौर नगरपालिका ४ का २२ वर्षीय रोहितकुमार यादव सोमबार साँझ फरार भएका हुन् ।

नेपाल टेलिकम नजिकै बनाएको क्वारेन्टाइनमा बसेका यादब शौचालयको झ्यालबाट भागेको बताइएको छ । गाउँकै एक १७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

सोमबार म्याद थपेर उनको पिसिआर परीक्षणका लागि प्रहरीले एक घरमा क्वारेन्टाइनका रुपमा राखेको थियो । पिसिआर रिपोर्ट नआएसम्म प्रहरीले पक्राउ परेकालाई क्वारेन्टाइनमा राख्ने गरेको छ । तर फितलो सुरक्षा व्यवस्थाका कारण उनी फरार भए ।

आईतवार पक्राउ परेका उनी २४ घण्टा नबित्दै प्रहरी हिरासतबाट फरार भएपछि सुरक्षा अधिकारीहरु तनावमा परेका छन् । उनलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यद्दपी उनी अहिलेसम्म फेला परेका छैन ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार ०८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ