शहिदनगर : दिनरात खटेर ‘नाथ बाबा’को मन्दिर निर्माण गर्दै युवाहरु


सिबेन्द्र रोहिता/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ८ विसरभोरामा युवाहरुको सक्रियताले ‘नाथ बाबा’ मन्दिर निर्माण सुरु भएको छ ।

स्थानीय सुरेश गोहितमानको करिब १० धुर जग्गामा युवाहरुले मन्दिर निर्माण गरिरहेका छन् । हुन त यसअघि पनि त्यहाँ धेरै पुरानो सानो मन्दिर थियो । तर जीर्ण बनेपछि भत्काएर अर्को मन्दिर निर्माण गरिदैछ ।

‘नाथ बाबा’को नाममा छाडिएको राँगा विक्री गरी स्थानीय विन्देश्वर गोइत र रुपेश विराजीले राखेको ९० हजार ३ सय रुपैया मन्दिर निर्माणमा लगाइएको छ । अन्य २ राँगा ‘नाथ बाबा’कै नाममा छाडिएको छ । ति दुवै राँगा पनि खोजेर विक्री गर्ने र सोबाट आउने रकम पनि मन्दिरमा लगानी गर्ने युवाहरुले बताएका छन् ।

मन्दिर निर्माणमा युवाहरु पारिश्रमिक नलिई मजदुरको रुपमा दिनरात खटिरहेका छन् । गाउँलेले ट्याक्टर पनि निःशुल्क दिएको छ । यद्दपी मन्दिर निर्माणका लागि करिब ४ लाख रुपैया लाग्ने अनुमान छ । हालसम्म २ लाख खर्च भइसकेको युवाहरुले बताएका छन् । उनीहरुका अनुसार निर्माण सम्पन्न गर्न थप २ लाख रुपैया आवश्यक पर्छ ।

मजदुरको रुपमा युवाहरुले आफै दिनरात खट्दै आएपनि बालुवा, गिट्टी, सिमेन्ट, रड र मिस्त्रीमा लगानी लाग्ने गरेको छ ।

स्थानीय पप्पु रोहिता, शैलेन्द्र रोहिता, सोमनाथ रोहिता, राजेश रोहिता, अरबिन्द सिरपलिया, सुर्यनाथ विराजी, उमेश मरिक, सुरेश गोहितमान लगायतका युवाहरुको अगुवाईमा मन्दिर निर्माण भइरहेको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार ०९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ