मधेसमा आज अनन्त पूजा मनाइँदै, किन बाँधिन्छ हातमा चोखो धागो ?


टुडेखोज/ जनकपुरधाम : आज भाद्र शुक्ल चतुर्दशी । आजैदिन मधेसमा अनन्त पूजा पर्व मनाइन्छ । यसपर्वमा अनन्तनाथ (भगवान् विष्णु)को पूजा आरधना गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ ।

आज चोखो धागोमा अनन्त मन्त्र ‘ऊ अनन्ताय नमः’ उच्चारण गरी हातमा बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । पूजापाठ पश्चात रंगिचंगी धागो पुरुषले दायाँ र महिलाले बायाँ हातमा बाँध्ने चलन रहेको छ । महिलाले यो दिन सौभाग्यको रक्षा, उेश्वर्य प्राप्ति र सुखका लागि ब्रत गर्छिन् । धर्मग्रन्धका अनुसार १४ वर्षसम्म यो ब्रत गरिएमा विष्णु लोक प्राप्ति हुन्छ ।

यस्तै आज इन्द्रजात्राको मुख्य दिन अर्थात् कुमारीको रथलाई काठमाण्डौको तल्लो भागमा तानेर क्वनेया मनाइने दिन हो । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण आज रथ तान्ने, देवदेवीको नाच प्रदर्शनलगायत कुनै पनि धार्मिक गतिविधि नहुने भएका छन् । यसको साटो क्षमापूजा गरिने इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ