कोरोनाले आक्रान्त जनकपुरमा जताततै निषेधाज्ञाको अवज्ञा (फोटो फिचर)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुर कोरोनाले आक्रान्त बनेको छ । प्रशासनले कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाको जताततै अवज्ञा भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञाको अवधिमा मध्यान्ह १२ बजेदेखि मात्र अत्यावश्यक पसलहरु संचालन गर्न पाइने उल्लेख छ । तर सबै पसल खुल्ने गरेको छ । विना पासका सवारी साधननहरु समेत चलिरहँदा पनि प्रशासन मौन देखिन्छ । बैंक तथा वित्तिय संस्थाहरुमा समाजिक दुरीको धज्जी उडाउँदै दैनिक सेवाग्राहीहरुको अत्यधिक भिड लाग्ने गर्छ ।

जनकपुरधाममा दिनभर पसलहरु खुल्ला हुन्छ । प्रहरी आएपछि व्यापारीले सटर झार्छ । प्रहरी हिडेपछि पुनः सटर खोजेर पसल संचालन गर्दैै आएका छन् । बजारमा देखिने भिडभाडले कोरोनाको संक्रमण झन बढ्ने देखिन्छ । प्रशासनले नामको लागी मात्र निषेधाज्ञा जारी गरेको बुद्धिजिविहरु बताउँछन् ।

हेर्नुस् केहि दृष्य :

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ