कटारी–मिर्चैया सडक खण्डमा गुणस्तरहीन काम, स्थानीयले रोक लगाए


अभि लामिछाने/ उदयपुर : उदयपुरको कटारी नगरपालिका १ स्थित सिद्धिचरण लोकमार्गको कटारी–मिर्चैया सडकखण्डमा निर्माणाधिन मेसिनरी वालको काम गुणस्तरहीन भएको भन्दै स्थानियले रोकेका छन् ।

बारम्बार गुणस्तरहीन काम भएको भन्दै ठेकेदारलाई गुनासो गर्दा कुनै सुनुवाई नभएको स्थानिय योगिन बिस्टले बताए । हिलैहिलो माटो भएको फुसफुसे खालको ढुङ्ग्गा प्रयोग गरिएको भन्दै पटक पटक ध्यानाकर्षण गराउदा वास्ता नगरेपछि काम रोकेको बताए ।

मिर्चैया-ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गको मिर्चैया-कटारी सडकखण्डको बेलसोतदेखी ३ सय ६० मिटर मीटर कालोपत्रे र १२ सय घनमीटर मेसिनरी वालको काम गर्नुपर्ने हो । अहिले भइरहेको मेसिनरी वालको काम मापदण्ड अनुसार नभएको पाएपछि स्थानियले थप काममा रोक लगाइएको तिलक थापाले बताए ।

उनका अनुसार सिमेन्ट र बालुवाको मात्र ४/१ हुनुपर्नेमा ९/१ हालेर काम गरिरहेको छ । उनले भने, ‘वाल गुणस्तरहीन बनेको छ । जहिले भत्किन सक्छ । यहा न सडकको प्राबिधिक बस्छन् न ठेकेदारको प्राबिधिकले नै काम हेर्छन् । कामदारले आफुखुसी काम गरिरहेका छन् ।’

मापदण्डभन्दा कमजोर देखिएकाले मेसिनरी वाल भत्काएर पूनः बनाउनु पर्ने स्थानियको माग छ। गुणस्तरहीन काम भएको बिषयमा ठेकदार र नगरपालिका समेत गुनासो गरेका थियो । तर कुनै सुनुवाई नै नभएको स्थानिय रुद्र मगरले बताए ।

सडक गुणस्तरहीन बनेको भन्दै स्थानियले काम रोकेको बिषयमा सडक डिभिजन कार्यालय लहानका प्रमुख रबिन्द्र लाल दासले गुणस्तरीहीन काम गरे आफै डोजर लगाएर भत्काउने बताए । काम गुणस्तरहीन भए नभएको डिस्कटिभ टेस्ट गरेर १ बर्षसम्म पत्ता लगाउन सकिने उनको भनाई छ ।

अहिले भइरहेको कालोपत्रे र मेसिनरी वालाको जिम्मा बजरंग बली कंट्रक्सन सिराहाले लिएको सडक कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ