महोत्तरी : विषादी सेवन गर्दा एक पुरुषको ज्यान गयो, बालिकाको अवस्था गम्भिर


टुडेखोज/ जनकपुरधाम : महोत्तरीमा विषादी सेवनबाट एक जनाको ज्यान गएको छ । विषादी सेवन गरेर एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ ।

विषादी सेवनबाट महोत्तरी गाउँपालिका वडा नम्बर ५ घर भएका ५५ वर्षीय सूर्यनारायण साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार उनी करेन्ट नामक विषादी सेवन गरेका थिए ।

विषादी सेवनबाट पश्चात बेहोश भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लग्दैगर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै महोत्तरीकै बलवा नगरपालिका वडा नम्बर ११ घर भएका सुरेन्द्र महतोकी १४ वर्षीया छोरी आरती कुमारीले पनि विषादी सेवन गरेकी हुन् । उनको अवस्था गम्भिर छ । जनकपुरस्थित जानकी हेल्थ केयरमा उनको उपचार भइरहेको छ ।

आमाले गाली गरेपछि आरतीले थाइमेड नामक विषादी सेवन गरेको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ