कोरोनाबाट २४ घण्टामै ११ को ज्यान गयो, १ हजार ६९ संक्रमित थपिए


काठमाडौं : पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको जानकारी दिए ।

उनका अनुसार मंगलबार मुलुकभर कोरोनाका १ हजार ६९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको हो । योसंगै हालसम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ६८ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १६:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ