प्रदेश २ मा मंगलवार ८८ जनामा कोरोना पुष्टि (हेर्नुस् पुरा डिटेल)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा मंगलवार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ३०६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ११ महिला र ७७ पुरुष गरी कुल ८८ जना कोरोना संक्रमित थपिएका छन् । उनका अनुसार सबभन्दा बढी धनुषाका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जना कोरोना संक्रमित थपिएका छन् । एक पुरुष संक्रमितको पहिचान खुल्न सकेका छैन ।
प्रादेशिक अस्पताल जनकपुरमा भर्ना रहेका धनुषाको औरही गाउँपालिकाका एक जना र जनकपुरकै एक जना विरामीमा समेत कोरोना संक्रमण देखिएको छ । यस्तै जनकपुरमा नेपाल बैंकका एक पुरुष कर्मचारी पनि संक्रमित भएका छन् ।

पछिल्लो समय धनुषामा संक्रमितको संख्या बढ्न थालेको छ भने पर्सामा संक्रमितको संख्या घट्दै गएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५१ जना संक्रमित निको भएर घर फर्केका छन् । जसमध्ये ३ जना महिला रहेकी छन् ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ