धनुषामा एक युवकको टाउकोमै बञ्चरो प्रहार गरेपछि…


टुडेखोज/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका २ मा एक युबकमाथि मंगलवार बेलुका बन्चरो प्रहार गरिएको छ ।

टाउकोमै बञ्चरो प्रहारबाट चोराकोयलपुर टोलका २९ वर्षीय मनिष भिनवार घाइते भएका हुन् । उनीमाथि ४० वर्षीय प्रमोद भिनवारले बन्चरो प्रहार गरेको पीडितले बताएका छन् ।

खेतमा घाँस कोटेको विषयमा विवाद हुँदा घटनाबारे बुझ्न मनिष प्रमोद भिनवारको घर पुगेका थिए । तर  मनिषमाथि प्रमोदले बञ्चरो प्रहार गरेको उनका वुवा रामजतन भिनवारले जानकारी दिए ।

घाइते मनिषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । बञ्चरो प्रहार गरेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार २३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ