जनकपुरमा कोरोना कहरबीच सोह्र श्राद्ध गर्नेहरुको भीड (फोटो फिचर)


टुडेखोज/ जनकपुरधाम : आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध हुन्छ । कोरोना भाइरसको संक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपनि जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा सोह्र श्राद्ध गर्नेहरुको भीड लागेका छन् ।

पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गर्छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्र श्राद्ध समेत भन्ने गरिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मृत्युलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

सोह्र श्राद्धको अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्र विद्हरुको भनाइ छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ