प्रदेश २ मा कोरोना संक्रमित ९७ वर्षीय बृद्धको ज्यान गयो


टुडेखोज/ पर्सा : प्रदेश २ मा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरियाका ९७ वर्षीय वृद्धको कोरोनाले ज्यान गएको हो ।

नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको छ । उनको कोरोना परीक्षण गर्दा भदौ १४ मा रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना भएका थिए– अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले भने ।

तराई हस्पिटल भर्ना भएका उनको १२ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १४ गते संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई तराई हस्पिटलबाट गण्डक कोभिड अस्पतालमा रेफर गरिएको थियो ।

उनी दम र मुटु रोगी समेत थिए । कोरोना संक्रमणपछि श्वासप्रश्वासमा समस्या आएपछि ज्यान गएको बताइएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछन् ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ