मल नपाउँदा समस्यामा मधेसका किसान, बजारमा खुलेयाम कालोबजारी


किसान साह/ जनकपुरधाम : मलको अभाव हरेक वर्ष किसानले झेल्छन् । चुनावका बेला नेताहरु त ठुला ठुला सपना बाँड्छन् । तर जब मलको अभाव बिना किसान संकटमा पर्छन्, अनी नेताहरु पनि हराउँछन् ।

अहिले मलखाद कतै पाइरहेका छैन । पाइएपनि ब्लेकमा किन्नुपर्छ । जनकपुरधाम उपमहानगरपालिका १३ का ५५ वर्षीय किसान बिलट साहले भन्छन्, ‘सिँचाइ समस्याकाबीच जसोतसो धान छरे । अब मल नै पाइरहेको छैन । कसरी किसान बाच्छन् ?’

२१ सयमा पाईने मल अहिले व्यापारीहरुले २९ सयसम्ममा ब्लेकमा बेच्ने गरेको उनको भनाई छ ।

ब्लेकमा भएपनि बाध्य भएर किसानहरु खरिद गर्न बाध्य छन् । वडा वडामा मल खाद्य उपलब्ध गराउने भनिएको प्रक्रिया नै गलत रहेको किसानहरुको गुनासो छ ।

अर्का किसान राजदेव दासले मलखाद्यको अभावका कारण खेती गर्न समस्या भईरहेको बताए । उनले मल बेच्ने डिलरवालाहरुको बदमासीका कारण किसानहरु झन समस्यामा परेका छन् ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ