धनुषा : असिनापानी र हावाहुरी पीडितलाई जस्तापाता वितरण गरियो


जनकपुरधाम : धनुषाका असिनापानी र हावाहुरीबाट प्रभावित घर परिवारलाई आज एक समारोहबीच जस्तापाता वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको सहयोग र मिथिला नगरपालिकाकाको आयोजनामा जस्तापाता वितरण गरिएको हो । कोरोना महामारीका कारण समाजिक दुरी कायम गरी पूर्वमन्त्री रघुबिर महासेठको उपस्थितिमा पीडितहरुलाई जस्तापाता वितरण गरिएको छ ।

असिनापानी र हावाहुरीबाट पीडित भएका २ हजार १४४ घर परिवारलाई २ ब्याण्डल (२४ थान)का दरले जस्तापाता उपलब्ध गराएको छ । जस्तापाता वितरण समारोहमा प्रदेश साँसद शत्रुधन महतो, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटराई, नेपाल प्रहरीका एसपी रमेश बस्नेत, सशस्त्र प्रहरी प्रमुख एसपी नरेन्द्र सेन, मिथिला नपाको मेयर हरि नारायण महतो, बटेश्वर गापाका अध्यक्ष डम्बर बहादुर राय, मिथिला बिहारी नपा मेयर अनिल कुमार यादव लगायतको उपस्थिति थियो ।

मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा गत बैशाख १२ गते असिनापानी र हावाहुरीले घरमा क्षति पुर्याएको थियो ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १५:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ