प्रदेश २ : कोरोनामुक्त वडाध्यक्ष लिन हुल बाँधेर आइसोलेसन पुग्दा झडप, ७ जना घाईते


रौतहट : रौतहटको एक वडाध्यक्ष कोरोनामुक्त भएपछि आइसोलेसनबाट घर फर्कने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा दोहोरो झडप भएको छ ।

गुजरा नगरपालिका ६ का वडाध्यक्ष सकिल अन्सारी कोरोनामुक्त भएपछि स्वागत गर्न हुल बाँधेर सर्वसधारण पुगेको थियो । सोही कारण गएराति दोहोरो झडप भएको हो । संक्रमणमुक्त भएका वडाध्यक्षलाई लिन भनी उनका कार्यकर्ता १५ वटा मोटरसाइकल लिएर आइसोलेसनमा गएका थिए ।

झडपमा ७ जना घाइते भएको गुजरा नगरपालिकाका मेयर शान्तलाल चौधरीले बताए । उनका अनुसार घाइतेहरुको उपचार वीरगन्जमा भइरहेको छ । झडपमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले पुरानो रिसिबीका कारण दुई पक्षबीच झगडा भएको उनले जानकारी दिए । दुबै पक्षलाई राखेर छलफल अगाडी बढाइएको समेत उनले बताए ।

प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् । स्थाानीयतर्फ जयदा खातुन, शेष नसिब घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका–२ स्थित शहिदख स्मृति पार्कको आइसोलेसनमा बसेका वडाध्यक्ष अन्सारीको कोरोना संक्रमणको रिपोर्ट मंगलबार आएको थियो । वडाध्यक्ष अन्सारीलाई गत भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो ।

वडाध्यक्ष अन्सारीले निषेधाज्ञा उल्लंघन गर्दै ठूलो जमातमा ¥याली गर्न नहुने नगर प्रमुख चौधरीले बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ