लहानमा ‘फुड बैंक’ खुल्यो, हरेक दिन मजदुरलाई निःशुल्क खाना खुवाउने


टुडेखोज/ सिरहा : लहान नगरपालिका ७ स्थित राम मन्दिरको प्राङ्गनमा ‘फुड बैंक’ संचालनमा आएको छ । आज एक समारोहबीच मेयर मुनी साह र वडाध्यक्ष राकेश गुप्ता रोषणले ‘फुड बैंक’को उद्घाटन गरेका हुन् ।

लहान नगरपालिका ७ को कार्यालय र स्थानीय परोपकार युवा क्लबको संयुक्त आयोजना तथा अम्बिका अफसेट प्रेस र रमाइलो रेष्टुरेन्ट एण्ड बारको सहयोगमा ‘फुड बैंक’ संचालनमा ल्याइएको छ । ‘सके दियेर जाऔं, नसके लियेर जाऔं’ नाराका साथ ‘फुड बैंक’ संचालन गरिएको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ का कारण लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म र बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म दैनिक दुई छाक खाना खुवाइनेछ । ‘फुड बैंक’ संचालनमा आएका कारण यहाँका गरिब मजदुरलाई ठूलो राहत मिलेको छ ।

यसअघि नै सिरहा सदरमुकामका युवाहरुले पनि ‘फुड बैंक’ संचालनमा ल्याइसकेका छन् । यस्तै इटहरी र बाराको निजगढमा समेत यो बैंक गरिब मजदुरका लागि संचालनमा ल्याएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १६:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ