नेपालमा प्रत्येक २ घण्टामा एक कोरोना संक्रमितले ज्यान गुमाउँदै


काठमाडौं : नेपालमा प्रत्येक २ घण्टामा एकजना कोरोना संक्रमितको ज्यान जान थालेको छ । पछिल्लो २४ घण्टामै कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ महिला र ६ जना पुरुषले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिए ।

उनका अनुसार चितवनमा तीन जनाको ज्यान गएको छ । ५५ र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुष गरी चितवनमा तीन जनाको ज्यान गएको हो । यस्तै काठमाडौँका ७० र ७५ वर्षीय पुरुष तथा ८९ वर्षीया महिलाको ज्यान गएको छ ।

यस्तै ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीय महिला, कपिलवस्तुकी ६० वर्षीया महिला, बाराका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको पनि कोरोनाकै कारण ज्यान गएको छ ।

कोरोनाबाट नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ । देशभर बुधबार मात्रै १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ