हँसपुरमा रक्तदान सम्पन्न, साँसदद्वय यादब र साहले पनि दिए रगत


सिबेन्द्र रोहिता/ जनकपुरधाम : कोरोना भाइरसका कारण जारी निषेधाज्ञाका कारण रगतको चरम अभाव भइरहेको छ । सोही कारण रगतको अभाव हुन नदिन बुधवार जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर कार्य समितिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जसपा युवा संघको समन्वयमा ‘रक्तदान जीवनदान’ मुल नाराका साथ जसपाका युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ४९ जनाले रगत दिएका छन् ।

रेडक्रस बल्ड बैंकको प्राविधिक सहयोगमा गरिएको उक्त रक्तदान कार्यक्रममा जसपा संसदीय दलका उपनेता तथा प्रदेश सांसद रामअशिष यादव, प्रमुख सचेतक परमेश्वर साह, मेयर राम ज्ञान मंडल, उपमेयर रेणु झा, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापडि, विद्यार्थी जिल्ला सचिव बलिराम कापडि तथा युवा नेता उमेश निराला, शिवचन्द्र यादव, लालबाबु यादव, ओमप्रकाश महतोले रगत दान गरेका छन् ।

यस्तै वार्ड अध्यक्ष उदय साह, उदय सिंह, डा. राम छबिला राय, शिक्षक नेता ब्रजकिशोर यादव, पंकज ठाकुर, कमलेस साह, सरोज साह, राजकुमार राउत लगायतले पनि रगत दिएको आयोजकले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १८:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ