सिरहा–चोहर्वा सडकमा दुई मोटरसाइकल आपसमा ठोकिदा २ जनाको ज्यान गयो


टुडेखोज/ लहान : सिरहाको चोहर्वा–सिरहा सदरमुकाम सडक खण्डमा साँझ सवा ७ बजे दुई मोटरसाइकल आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ ।

सिरहा नगरपालिकामा पर्ने भलुवाही र पदमपुरको बीचमा दुई मोटरसाइकल आपसमा ठोकिएको हो । दुर्घटनामा सिरहा नगरपालिका ९ का सिल्टु ठाकुर र धनगढीमाई नगरपालिकाको कसहा बस्ने दिपक पजीयारको मृत्यू भएको बताइएको छ ।

मृतक सिल्टु स. ४ प. ६४१० नम्बरको मोटरसाइकलमा सवार थिए । दुर्घटनापछि गम्भिर घाईते भएका उनको उपचारका लागि लहान लग्ने क्रममा मृत्यू भएको छ ।

यस्तै दिपकको भने घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । उनी स. ४ प. ७९२१ नम्बरको प्लाटिना गाडी चढेका थिए । मृतक दिपक धनगढीमाई नगरपालिकाको कार्यपालिका सदस्य रहेको बुझिएको छ ।

यस्तै मृतक सिल्टु चढेकै मोटरसाइकलमा सवार सिरहा नगरपालिका ९ कै शिवकुमार महरा गम्भिर घाईते भएका छन् । महराको उपचार लहान अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार २१:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ