धनुषाको धनौजीमा एक युवतीको लाश भेट्यो


टुडेखोज/ जनकपुरधाम : धनुषामा एक युवतीको शव (लाश) पनि भेटेको छ । धनौजी गाउँपालिका १ लखौरीमा युवतीको शव भेटेको हो ।

जनकपुर- जयनगर रेल्वे ट्रैकको दक्षिणपट्टी नजिकै खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । मृत युवतीको पहिचान खुलेको छैन ।

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय औरहीको टोली पुगिसकेको छ । उनको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १२ स्थित कुवा बजारस्थित खाल्डोमा बुधवार ७० वर्षीय मणिराम यादवको शव फेला परेको परेको थियो ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ