धनुषा : बाख्रा चलाउन गएकी दलित बालिकालाई मुख थुनेर…. गरियो


टुडेखोज/ जनकपुरधाम : धनुषामा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । गणेशमान चारनाथ नगरपालिकामा ८ की १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बाख्रा चराउन गएको बेला दलित समुदायकी ति बालिकालाई दुई पुरुषले मुख थुनेर बलात्कार गरेको बताइएको छ । चारनाथ खोलाको नजिकै बाख्रा चराइरहेकी बालिकालाई मास्क लगाएका दुई पुरुषले बलात्कार गरेको थियो । तिमध्ये एक पुरुषलाई बालिकाले चिनेकी छन् ।

पीडितले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केबरलाई जानकारी गराएको छ । घटना भदौं १५ गते नै भएको छ । यद्दपी प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेका छैन । घटनामा संलग्न व्यक्ति फरार छन् ।

बलात्कृत बालिकाको जनकपुरस्थित प्रादेशिक अस्पतालमा बुधवार साँझ स्वास्थ्य परीक्षण गराइएको छ । घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ