कोरोनाको छैन डर : मुनचुनलाई ‘देवी’ भन्दै पूजापाठ गर्ने र पैसा चढाउनेको भीड (फोटो फिचर)


टुडेखोज/ सप्तरी : पोखरीमा डुबेको ७ सात घण्टापछि जिवित्तै बाहिर निस्केको दाबी गर्ने एक किशोरीको अहिले जताततै चर्चा भइरहेको छ । ती किशोरी हुन्– सप्तरीको बलानबिहुल गाउँपालिका ६ की १४ वर्षिया मुनचुन कुमारी दास ।

उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लाग्न थालेका छन् । कोरोनाको जोखिमकाबीच धार्मिक आस्थाका आधारमा भिड उर्लिन थालेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई दैविक शक्ति र चमत्कार मानेका छन् ।

गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न गत बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।

उनले देवी भन्दै पूजापाठ गर्न दैनिक ठूलो भीड लाग्न थालेपछि कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । हुन त प्रशासनले मठमन्दिरमा भिडभाड गर्न प्रतिबन्ध लगाइएको छ । तर मुनचुनलाई हेर्नेको भीड नियन्त्रण गर्न प्रशासनले ध्यान दिएको छैन ।

तस्विरमा हेर्नुस् मुनचुनलाई हेर्न पुग्नेहरुको भीड :

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ