बिहीवार कोरोनबाट ६ जनाको ज्यान गयो, १२ सय २८ संक्रमित थपिए


टुडेखोज/ काठमाडौं : बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए ।

यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२२१ जना कोरोना संक्रमित थपिएका थिए । यीसहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ पुगेको छ ।

मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ